Logo
१३ बैशाख २०८१, बिहीबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय कमिटी बैठक सुरु, ओली र दाहालले गरे सम्बोधन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक बसेको जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गरिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

कम्युनिस्ट पार्टीको आन्तरिक बैठक गोप्यरुपमा हुने प्रचलन भएता पनि नेकपा बैठकमा अध्यक्ष ओलीको सम्वोधन सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केन्द्रीय सदस्यहरु सामु सरकारले केके उपलब्धीहरु हासिल गरेको छ भन्ने विववरण प्रस्तुत गर्दै सरकारको बचाऊ गरेका छन् ।

नेकपाको जम्बो केन्द्रीय कमिटीमा सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेलिभिजमार्फत नै सरकारको बचाऊ गरेका हुन् ।

उनका अनुसार बुधबारै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गद्रछन् ।

यी हुन् बैठकका एजेन्डा

– बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली)

-राजनीतिक प्रतिवेदन प्रस्तुति (अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड)

– संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल)

– सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ

-समसामयिक प्रस्तावहरूको प्रस्तुति र,

-विविध

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्