Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा अपराधिक समूहमाथि प्रहरीको फायरिङ – गोली बरामद,१ जना घाइते

प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । गोलि हानाहान बाट १ जना घाइते भएको बताइएको छ । प्रहरी र फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको हो ।

रौतहटको इशनाथ नगरपालिका-१ स्थित बकैया नदीको बाँधनजिकै गोली हानाहान भएको प्रहरी कार्यालय, रौतहटले जनाएको छ । गोलि आपराधिक समूहका १ व्यक्तिलाई लागेको हो ।

आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो ।

घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्