Logo
४ बैशाख २०८१, मंगलबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरामा नेपाली काँग्रेस र तत्कालिन फोरम लोकतान्त्रिक समायोजन

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकामा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकसँग पार्टी एकता र समायोजित भएको छ। सुनसरीमा नेपाली काँग्रेसले पार्टी एकता तथा समायोजन गर्ने प्रक्रियालाई अगाडि बढाएसँगै हरिनगरमा समेत समायोजन प्रक्रिया पुरा भएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना सांसद ताहिर अन्सारीको घरमा भएको गाउँपालिका स्तरीय भेलाले शिवहरि श्रेष्ठ सभापति, देवनारायण मेहता उप(सभापति, रन्जित मेहता, सह(सचिव नईम अन्सारी, सदस्य सरोज पंडित जलेश्वर स्वकार पदको जिम्मेवारी पाएका छन ।

समायोजन कार्यक्रममा नेपालीका कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, सांसद ताहिर अन्सारी, संविधानसभा सदस्य तथा सभासद सूर्यदेव दास उराँव र शिवनारायण उराँव, प्रदिप चौधरी, संजय श्रेष्ठ, हरिलाल मेहता उपसभापति, केदार भण्डारी सचिव, ४ नं क्षेत्रीय सभापति ऐयुव अन्सरी, सह-सभापति सदान्नदन मण्डल, युवा नेता जीवन विष्ट, हारुन अन्सारी, पंकज मेहता, अजमल हुसैन हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी उपाध्यक्ष रिमझिम भगत लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्