Logo
१२ बैशाख २०८१, बुधबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको सम्बोधनमाथि देउवाले गरे प्रश्न- ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ ?

काठमाडौँ : काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा गरिएको सम्बोधनमाथि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले बैठक सम्बोधनको क्रममा सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर सुरुवातमै केही धक्का देखिएको बताएका थिए । सभापति देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेको भन्दै त्यसबारे जानकारी मागेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो ? कहाँबाट आउने धक्का हो, यो यहीँ सोध्न मिलिहाल्यो’, उनले भने, ‘ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि थाहा पाउनुपर्यो ।’

उनले अगाडि भने, ‘नेपालमा कसले धक्का दिन सक्छऽ हामी पनि हेरौँ, त्यसकारण धक्का कसले दिएको छ प्रधानमन्त्री बोल्नु भएको छैन ।’ उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्नु गर्दा खुसी लागेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताए ।

यस्तै हालै सभामुखमा निर्वा्चित अग्नि सापकोटालाई बधाइ दिँदै उनले सभामुखको रुपमा सापकोटालाई प्रतिपक्षीको पूर्ण साथ र सहयोग रहने बताए । प्रतिपक्षलाई पनि विस्वासमा लिएर अघि बढ्न समेत देउवाले सुझाव दिए ।

‘मुस्किलले ढिलै भएपनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई बधाइ दिन चाहन्छु । तपाइँको कार्यकालको लागि पूरा पूरा सहयोग हुन्छ, त्यसका लागि मेरो अहिले नै शुभकामना छ’, देउवाले भने ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्