Logo
१३ बैशाख २०८१, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको कार्य अर्बौं रुपैयाँ कमाउने, उधारो खाने

दश वर्ष भयो सलमान खानले खेलेका प्रत्येक फिल्मले एक सय करोडभन्दा बढी कमाएको । पछिल्ला दशक उनका हरेक फिल्मले सय करोड क्लबमा प्रवेश पाएका छन् । सलमान बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामा पनि पर्छन् ।

तर, उनले पनि कसैको उधारो तिरेका छैनन् भन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । हो, वर्षमा अर्ब रुपैयाँ कमाउने सलमानले पनि कसैलाई उधारो तिर्न बाँकी छ । यो खुलासा अरु कसैले गरेको होइन, स्वयं सलमानले नै गरेका हुन् ।

एक साइकल मेकानिक्सलाई १.२५ भारतीय रुपैयाँ उधारो तिर्न बाँकी रहेको सलमानले खुलासा गरेका हुन् । सलमानले यो खुलासा मुम्बई प्रहरीको वार्षिक कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी हुने क्रममा गरेका हुन् ।

‘एक पटक म शर्ट लगाएर निस्केको थिएँ र मसँग पैसा थिएन। मैलै काकालाई यसलाई मर्मत गरिदिनोस् पछि पैसा दिन्छु भने । काकाले मलाई भन्नुभयो- ‘सानोमा पनि तिमी यस्तै गर्थ्यौ । तिमीले धेरै पहिला यसरी नै साइकल बनाएका थियौं, जसको पैसा आजसम्म तिरेका छैनौं । तिम्रो आज पनि १.२५ रुपैयाँ उधारो छ ।’

उहाँको यो कुरा सुनेपछि मलाई लाज लाग्यो,’ सलमानले कार्यक्रममा भने । सलमान पछिल्ला दिन ‘राधे-योर मस्ट वान्टेड भाइ’ फिल्मको सुटिङमा व्यस्त छन्। उनको यो फिल्म २०२० को इदमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्