Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

मंगलबार बिहान रूपन्देहीकाे रोहिणीमा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान साढे ५ बजेति आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।

दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मीको मृत्यु भएको हो। अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छैन ।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।

भीम अस्पतालमा ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन तथा मेडिकल कलेजमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मीकाे उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्