Logo
१५ चैत्र २०८०, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपा-राजपाको गठबन्धन अझै मज्बुत, न सरकार फेरिन्छ, न मन्त्री : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप सपा-राजपाको गठबन्धनमा गठित प्रदेश २ सरकार ५ वर्ष सम्म चल्ने दावी गर्नु भएको छ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं.को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पार्नु भयो ।
यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्नु हुँदै उहाँले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पार्नु भयो ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गए पनि अवको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने र्तैयारी शुरु भै सकेको स्पष्ट पार्नु भयो ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. २का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताउनु भयो ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्