Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो अध्यक्ष कपमा गढी १ (ख) मधेली उपाधी नजिक फाइनलमा

सुनसरीको गढी गाउँपालिका औराबनीमा जारी दोस्रो गढी अध्यक्ष कप फुटबल प्रतियोगीताको सोमबार भएको पहिलो सेमि फाइनल खेलमा गढी गाउँपालिका वडा नम्बर १ (ख) ले गढी १ (क)लाइ २–० गोल अन्तरले पाखा लगाउदै उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।

खेलको उत्कृष्ट खेलाडी गढी १ (ख)का श्याम चौधरी घोषित भए। उनले नगद ५ सय सहित पदक प्राप्त गरे । पराजित गढी गाउँ पालिका वडा नम्बर १(क) लाई नगद ५ हजार नगद प्रदान गरियो। मंगलबारको दोस्रो सेमिफाइनल खेल गढी वडा नम्बर २ र गढी ३ छिटाहाका बिच हुने आयोजक क्लबका सचिब दिपेन्द्र चौधरीलेले जनाएका छन। प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित ३१ हजार नगद र दोस्रो हुनेले २१ हजार नगद प्राप्त गर्नेछ्न ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्