Logo
७ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हसिना सिमसार लाई प्रदेश नं १ कै नमुना क्षेत्र बनाउँछु :वडाध्यक्ष राम रिजाल

शिव भट्टराई/जमिन र जङ्गलको सदुपयोग गरी पर्यटन विकासमा योगदान गरौं ‘ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० तथा विश्व सिमसार दिवस २०७६ महोत्सवको अवसरमा हसिना सिमसारले १० हजार पर्यटक भित्राउने लक्ष्य लिएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ मा रहेको हसिना सिमसारमा यहि माघ १९ गते आईतबार बिहान १० बजे देखि हुन गइरहेको एक दिने महोत्सवमा १० हजार पर्यटक भित्राउन का लागि धमाधम तयारी भइरहेको छ।

विश्व सिमसार दिवसको अवसर पारेर हुन लागि रहेको यस भव्य महोत्सवको माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईद्वारा उद्घाटन गरिने भएको छ। पर्यटन वर्ष २०२० तथा विश्व सिमसार दिवस (महोत्सव) मूल समारोह समिति सुन्दर हरैचा ५ को आयोजनामा हुन गइरहेको यस महोत्सवमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको बेजोड प्रस्तुति रहने ,विभिन्न जात जातिद्वारा झाँकी प्रदर्शनी, स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी कार्यक्रम गरिने भएको छ।त्यस्तै स्थानीय कृषि तथा औद्योगिक सामग्रीको प्रदर्शनी महोत्सवको मुख्य आकर्षण हुने छ भने कार्यक्रममा केन्द्र तथा प्रदेशका मन्त्री तथा माननीयज्यू हरुको सम्बोधन गरिने भएको छ।

हसिना सिमसार क्षेत्रलाई अगाडि बढाउनका लागी मन्त्रालय र नगरबाट डि पी आर सहितको प्रस्ताव पेश गरी रकम उपलब्ध गराई यस क्षेत्रलाई प्रदेश नं १ कै नमुना पर्यटन क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको र त्यसका लागि वार्डको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर रहने वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजालले बताएका छन्।त्यस्तै उहाँले महोत्सवका लागि सरसफाई देखि लिएर १० हजार पर्यटक आट्ने ठाउँको व्यवस्थापन गर्न धमाधम पुर्व तयारी भइरहेको बताएका हुन्।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्