Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचामा ३ दिने खाद्य मेला २०७६ भव्यरुपमा सम्पन्न

शिव भट्टराई/सुन्दरहरैचा विराट्चोकमा लागेको ३ दिने खाद्य मेला आईतबार सम्पन्न भएको छ।।आईतबार समापन भएको सो मेलामा ३समूहमा गरी १२ ओटा स्टल पुरस्कृत भएका छन्। उत्पादनमूलक समुह ,चेतनामूलक तथा प्रवर्द्धनात्मक समूह र परम्परागत तथा स्थानीय परिकार गरी ३ समूहमा स्टललाई विभाजन गरी प्रस्तुत गरिएको थियो।

जसमध्ये उत्पादनमूलक तर्फ हिमाली कृषि उद्योग जुम्ला , मातृभूमि टि स्टेट मोरङ ,हिमालय आर्गेनिक सिस्नो प्याकेजिङ्ग उद्योग संख्वासभा र नमुना कलेक्सन अचार उद्योग इलामले क्रमश :पहिलो ,दोस्रो ,तेस्रो र सान्त्वना पुरस्कार पाए।
त्यस्तै चेतनामूलक तथा प्रवन्धनात्मक समूह तर्फ केन्द्रिय प्रविधि क्याम्पस (न्युट्रीसन) धरान , न्युट्रिसन काउन्सिलिङ एण्ड रिसर्च प्रा लि ,सुनसरी टेक्निकल कलेज र
नीलगिरि कलेज इटहरी पहिलो, दोस्रो, तेस्रो र चौथो भए।

परम्परागत तथा स्थानीय परिकार समूह तर्फ धोती पोगोडि किसान समुह मोरङ, नेवारी हलेसी खाजा घर मोरङ, धिमाल खाद्यान्न परिकार खाजा घर मोरङ र अन्तु डाँडा होम स्टे इलामले क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाएका थिए।

पुरस्कृत स्टल मध्य पहिलो दोस्रो तेस्रो र चौथो हुनेले क्रमश नगद १० हजार , ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए।उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दर हरैचाका नगरप्रमुख शिव ढकालले नगद तथा प्रमाण पत्र प्रदान गरे।समापन कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालको अध्यक्षतामा भएको थियो।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्