Logo
१५ चैत्र २०८०, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बन्ने पत्रकारले लाइसेन्स लिनुपर्ने, पुरानाका हकमा सूचना विभागको कार्ड नै लाइसेन्स

पत्रकारिता गर्न चाहने अब नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो ।

तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन । पुरानाका हकमा सूचना विभागको कार्ड नै लाइसेन्स मानिनेछ । पुराना परिचयपत्र आदिका आधारमा पनि पुरानाले पत्रकारिता गर्न पाउनेछन् ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ । जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।

त्यसै दफामा हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा यो व्यवस्था लागू नहुने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्