Logo
७ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको सपथ लिएपछि सापकोटाद्वारा पार्टी परित्याग

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले नेकपाको सम्पूर्ण जिम्मेवारी परित्याग गरेका छन्।

सभामुखको सपथ लिएपछि सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफू सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सम्पूर्ण जिम्मेवारी आफूले त्यागेको जानकारी गराएका छन्।

‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीमा अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्।

सभामुख अग्नि प्रसाद सापकोटाले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्। सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। सापकोटा आइतबार निर्विरोध निर्वा्चित भएका थिए।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्