Logo
६ बैशाख २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा ८३ जना सवार एरियाना अफगानको विमान दुर्घटनाग्रस्त

अफगातिस्तानमा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सोमबार पूर्वी अफगानिस्तानमा विमान दुर्घटनामा परेको हो।

एरियाना न्युजका अनुसार उक्त विमानमा ८३ जना सवार थिए।  विमान हेरातदेखि काबुलको लागि उडेको थियो। दुर्घटना गज्नी प्रान्तमा भएको हो।

दुर्घटनामा भएको क्षतिको विवरण भने अहिलेसम्म आउन सकेको छैन। अफगान रक्षा मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। विमान दुर्घटना भएको क्षेत्र तालिवान लडाकुहरुको नियन्त्रणमा रहेको क्षेत्र भएको बताइएको छ।

 

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्