Logo
७ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको कार्यालयका सूचना अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

आस्था सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । त्यसपछि उनलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो । जिल्ला प्रशासन कार्यालयबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गायिका राउतले कानूनअनुसार हुने कारवाहीलाई आफूले स्वीकार्ने बताइन् ।

गायिका राउतले भनिन्, ’कानूनभन्दा माथि म पनि छैन, कोही पनि छैन । मैले कानूनको हिसाबले जे मलाई हुन्छ, त्यसलाई म सहर्ष स्वीकार गर्छु । सधै सबैले कानूनलाई कसैले पनि नमिचौं भन्न चाहन्छु ।’

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्