Logo
८ बैशाख २०८१, शनिबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : ‘अदालतले प्रश्न उठाएका कारण मन्त्रालयले गरेको मिहिनेत खेर गयो’

काठमाडौं : बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालल ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी हुन् ।

मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् ।

उनले मन्त्रालयले पहिला नै काम सकेको भएपनि अदालतले प्रश्न उठाएका कारण मन्त्रालयले गरेको मिहिनेत खेर गएको समेत बताइन् ।

उनले भनिन्, ‘बालुवाटारको सन्दर्भमा अख्तियार र सिआईबीले यसमा संलग्न भएका व्यक्तिहरुको बयानसम्म गराउने कुराको निम्ति सयौं संख्याका मान्छेहरुलाई बयान गराउँदाखेरी ढिलो भएको छ, हामी फिर्ता गर्ने तयारीमा थियौं, त्यसो गर्दा आज प्रश्न उठेको छ, हामीले काम गछौं अदालतले प्रश्न उठाएको छ, सरकारले काम गर्छ राम्रो नियतका साथ काम गर्छ अनि अदालतले प्रश्न उठाइदिन्छ । उनले भनिन्, प्रश्न उठाइदिएपछि हाम्रो मिहिनेतहरु खेर गएका छन् , यो विषयमा कहिं कतैबाट प्रश्न उठने ठाउँ नरहोस सबै विधि पु¥याएर जाउँ भन्दा हामीलाई ढिला भएको हो ।’

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्