Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिए

प्रनिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्।

आज सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सपथ लिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सापकोटा आइतबार सभामुखमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए।

नेपालको संविधानमा रहेको व्यवस्था अनुसार नवनिर्वाचित सभामुखलाई राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रप्रसाद जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्