Logo
७ बैशाख २०८१, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रगति महिला समाजको ३ दिने महिला नेतृत्व बिकास तालिम सपन्न

एल एन गच्छदार/प्रगति महिला समाज मोरंगको आयोजना र बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोगमा ३ दिने महिला नेतृत्व बिकास तालिम आज देखि समपन्न भएको छ । बुढीगंगा गाउँपालिकाको ६ नं. वडा कार्यालय कोयलपुरमा भएको उक्त कार्यक्रममा प्रदेश १ का सांसद चुमनारायण तबदारको प्रमुख आथित्यतामा सन्चाल भएको थियो ।

सांसद तबदारले महिलाहरु तालिम लिई सकेपछी यसलाई ब्यबहारमा नउतारे सम्म तालिम लिएको औचित्य नहुने भन्दै आफनो क्षेत्रको बिकास गर्न आफ्नो निर्वाचित क्षेत्रमा प्रदेशको बजेटबाट २ करोड ५० लाख बिनियोजन गरेको बताउनु भयो । उहाँले यस संस्थालाई २ लाख ७६ हजार महिलाहरुको सिप बिकास तथा स्वरोजगारका लागि समेत रकम बिनियोजन गर्नुभएको छ ।

गत माघ १० गते शुक्रबारदेखि संचालन भएको उक्त तालिमको समुदघाटन समारोह सोहि गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले गर्नु भएको थियो । महिलाहरु चुल्हो चौकामा मात्र सिमित नरही समाजको हरेक कार्यक्रममा सहभागी हुनु पर्ने जोड दिदै महिलाहरुलाई यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपाध्यक्ष गच्छदार बताउनुभयो ।
कार्यक्रममा प्रत्येक वडाबाट ६ जना का दरले ४२ जनाको सहभागिताको लागि तालिम दिनु पर्नेमा तालिममा सहभागिता संख्या बढेर ७२ जनाले तालिम लिएका थिए । कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण र अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरेको थियो ।

सहभागी प्रशिक्षार्थी अन्जना गच्छदार, सत्य नारायण चौधरी र रेखा माझिले तालिमको बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
संस्थाले महिला, बालबालिका , असाहय लगायत र आर्थिक – सामाजिक विभेदमा परेका तथा पिछडीएका वर्गको हित एंव समतामुलक समाजको निर्माणका लागि लक्षित कार्यक्रमहरु संचालन गरेको , पिछडीएका बर्गहरुको जीवन स्तरलाई माथि उकास्नको लागि आयमुलक र शिपमुलक कार्यक्रम संचालन, स्वास्थ्य सुरक्षा र स्वास्थ्य सुधार सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको आयोजक संस्थाका अध्यक्ष पार्वतीले गच्छदारले जानकारी दिनुभयो ।

सो संस्थाले २ महिना अगाडी सुन्दरहरैंचामा रक्तदान कार्यक्रम समेत गरेको थियो । मोरंग जिल्ला भरी कार्यक्षेत्र रहेको संस्थाले आगामी दिनमा ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बताउनु भयो ।
सो तालिममा नेपाल जेसीजका तालिम प्रशिक्षक सेवक बजगाई र संचारकर्मी सिमा बस्नेतले प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुभयो ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्