Logo
७ बैशाख २०८१, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो अध्यक्ष कपमा गढी ३ छिटाहा सेमिफाइनलमा प्रवेश

सुनसरीको गढी गाउँपालिका औराबनीमा जारी दोस्रो गढी अध्यक्ष कप फुटबल प्रतियोगीताको आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा गढी गाउँपालिका वडा नम्बर ३ छिटाहाले गढी २(क) लाइ १–० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको उत्कृष्ट खेलाडी गढी ३ का अनिस चौधरी घोषित भए। उनले नगद ५ सय सहित पदक प्राप्त गरे । पराजित गढी गाउँ पालिका वडा नम्बर २(क) लाई नगद ५ हजार नगद प्रदान गरियो। सोमबारको पहिलो सेमीफाइनल खेल गढी गाउँपालिका वडा नम्बर १(क) र गढी १(ख) का बिच हुने आयोजकले जनाएको छ । मंगलबार को दोस्रो सेमिफाइनल खेल गढी वडा नम्बर २ र गढी ३ छिटाहाका बिच हुने आयोजक क्लबका सचिब दिपेन्द्र चौधरीलेले जनाएका छन। प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित ३१ हजार नगद र दोस्रो हुनेले २१ हजार नगद प्राप्त गर्नेछ्न ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्