Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा मात्रै कोरोना भाइरसबाट ५६ जनाको मृत्यु, १ हजार ९७५ जना संक्रमित

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले यो कुराको पुष्टि गरेका हुन् । भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन् ।

शनिबारसम्म मात्रै विश्वका अन्य भागमा २ हजारभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यम सीसीटिभीले जनाएको छ।

चीनको वुहान सहरस्थित समुद्री खानाको बजारबाट यो भाइरस सरेको विश्वास गरिन्छ।

नेपालमा पनि अहिलेसम्म एक जनामा यसको संक्रमण भएको पुष्टि भएको छ भने चीनबाट फर्केका अन्य तीन जनामा संक्रमणको आशंका गरिएको छ। उनीहरू अहिले अस्पताल भर्ना भएका छन्।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्