Logo
१५ चैत्र २०८०, बिहीबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला कृषि सहकारी संघ मोरङको ११ औ बार्सिक साधारण सभा सम्पन्न

शिव भट्टराई/जिल्ला भरी का कृषि सहकारी को छाता संगठनको रुप मा रहेको जिल्ला कृषि सहकारी संघ मोरङले आफ्नो ११ औ बार्सिक साधारण सभा सम्पन्न गरेको छ। मोरङको बेलबारी स्थित मोरङ नेत्रहिन संघको सभाहल मा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहाकारी माहासंघ का उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी नेपालमा मात्रै नभएर बिदेशी देशहरुमा पनि व्यापक रुपमा रहेको छ साथै सहकारी कै मार्फत दुरा आवास निर्माण गर्न आफ्नै नाम को सिम निकाली सञ्चार जगतमा निकै फन्को मार्ने काम सहकारीले गरेको बताउनु भयो।

उहाँले भारतमा पनि सहकारीले नै मलखात को कम्पनी खोली भारत भरी निर्यात गर्ने गरेको बताउनु भयो।त्यसैगरी उहाँले किसानको अर्थ किनेर सामान नखाने ब्यक्ती भन्ने भएकाले सो नाम अनुसार नै आफै अत्पादन गरेर आत्मनिर्भर बन्न सबैलाइ सुझाव दिँदै सामान्य तरिकाले अब कृषि सहकारी नचल्ने भएकाले अब व्यावसायिक तरिकाले सबै सहकारी र संघ लाग्नुपर्ने मा जोड दिनु भयो।संघका अध्यक्ष खगेन्द्रराज भन्डारी को अध्यक्षतामा भएको कार्यक्रममा अतिथी हरुमा संघ का सल्लाहकार हरि बस्नेत, अजम्बर राई रहनु भएको थियो।उक्त कार्यक्रममा मोरङ जिल्ला भरिका विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संघ ले कृषि क्षेत्रमा विशेष योगदान पुर्याउने र कृषि क्षेत्रमा रहेर प्रगती गर्ने कृषक तथा सहकारी कर्मी लाई सम्मान समेत गरेको थियो।
सम्मान पाउनेहरुमा संघका सल्लाहकार तथा सानाकिसान दुलारी का पुर्ब अध्यक्ष अजम्बर राई ,उत्कृष्ट कर्मचारी मा कन्चन कुमारी चौधरी येस्तै पुर्व सल्लाहकार खड्गराज पराजुलि लाई सहकारी लाई योगदान पुराए बापत सम्मान गरिएको थियो।

संघ ले आफ्नो क्षेत्र भित्र विभिन्न किसिमका उधोग सन्चालन गर्दै आइरहेको कृषि सहकारीहरु लाई विभिन्न तालिम र गोष्ठी गराइरहेको, ब्यबसायिक खेती समेत सन्चालन गर्दै आइरहेको छ भने शनिबार सम्पन्न भएको उक्त कार्यक्रम को संचालन संघ का सचिब रबिन्द्र आचार्य ले गर्नु भएको थियो।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्