Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्ष भित्रमा सामुदायिक विद्यालयहरू डिजिटल युक्त बनाइने:मन्त्री जीवन घिमिरे

शिव भट्टराई/प्रदेश एक मोरङको सुन्दरहरैचा नगरपालिका दुलारी स्थित साजिलाल मा विको प्राङ्गणमा पुस्तक विमोचन , शैक्षिक गुणस्तर अभिवृद्धि समीक्षा गोष्ठी तथा पूर्व विद्यार्थी समाज पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं १ का माननीय सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा गुणात्मक सुधार ल्याउनका लागी १० वर्ष भित्रमा प्रदेश नं १ का सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाई डिजिटल युक्त बनाइने साथै विद्यालयको १०० मिटर दूरी भित्र सुर्तीजन्य पदार्थ प्रयोग तथा बेचबिखन गर्न नपाइने बताएका थिए।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सुन्दरहरैचाका नगरप्रमुख शिव ढकालले शैक्षिक विकासका लागि स्थानीय सरकारले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताएका थिए।कार्यक्रममा मदन भण्डारी स्मृति प्रतष्ठान नेपालका अध्यक्ष गुरूप्रसाद बरालको सभापतित्व रहेको थियो।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, सजिलाल मा वि , पूर्व विद्यार्थी समाज साजिलाल मा वि ,सिग्देल बन्धु समन्वय प्रतिष्ठान नेपाल साथै हस्त कमल समाज इटहरी लगायतको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा लेखक खगेन्द्र सिक्देल को ‘ आफ्नै प्रतिबिम्ब ‘ पुस्तकको विमोचन , शैक्षिक गुणस्तरीय अभिवृद्धि समिक्षा गोष्ठी त्यस्तै पूर्व विद्यार्थी समाज पुनर्गठन कार्यक्रम गरिएको थियो।गठन भएको समितिको अध्यक्षमा जीवन कुमार राई, उपाध्यक्षमा बालकुमारी दंगाल सिटौला, सचिवमा वेदप्रसाद दंगाल,सह सचिवमा कमला पोख्रेल दाहाल, कोषाध्यक्ष मा गणेश नेपाल यस्तै सदस्यहरुमा कञ्चन कुमार चौधरी, दिलकुमार राई, प्रदीप लम्साल,अनिता कार्की विष्ट ,युवराज बर्देवा, सुमन कर्ण, जीवनाथ कट्टेल, राम दाहाल,पम्फा तामाङ लगायत चयन भएका छन् भने उक्त कार्यक्रम कवि अनिल पौडेल, शिक्षक प्रदीप लम्साल साथै ज्योति मा वि का प्रधानध्यापक याम प्रसाद सिग्देलले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्