Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीबाट सुशील प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा शुक्रबार स्वीकृत गरेकी छन् । प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका हुन् ।

प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरश: कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गर्दै राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्याकुरेलले राजीनामामा भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको नि:शर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्रा्ष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ ।

यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ ।’

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्