Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशन कार्यतालिका बाहेक सबै बिवाद मिलाउन देउवा लचक

पार्टीभित्रको आन्तरिक कलह र विवाद मिलाउनको लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । शीर्ष नेताहरु आज विहानै सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा भेला भएका छन् ।

स्रोतकाअनुसार उक्त बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहपनि उपस्थित् छ । पछिल्लो समय सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच विवाद भएको थियो ।

केन्द्रिय कार्यसमिति बैठकबाट एक्लो निर्णय गरेको भन्दै बरिष्ठ नेता पौडेल समुहले पार्टीका अन्य महत्वपूर्ण बैठकहरुसमे बहिष्कार गर्दै आएको थियो ।

आजको छलफलमा भने पौडेल समूहले उठाएका सबै माग पूरा गराउन सभापति देउवा तयार भएको बुझिएको छ । तर, देउवाले महाधिवेशनको मुख्य कार्यतालिका (फागुण ७ देखि फागण १०) सार्न नसकिने स्पष्ट पारेका छन् ।

महाधिवेशनको मुख्य कार्यतालिकाबाहेक अन्य सबै मागमा देउवा लचक भएका छन् । कतिसम्म भने देउवाले नेविसंघको तदर्थ समितिमा समेत पौडेल समूहलाई ५० प्रतिशत दिनेपनि तयारी गरेका छन् ।

आजको बैठकमा सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, रमेश लेखकलगायत सहभागी छन् ।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्