Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढिमा ६० जनालाई कम्बल वितरण

सुनसरीको गढीमा ६० जनालाई कम्बल वितरण गरिएको छ । गढी १ स्थित रहेको मोहोम्दिया मदरसा छेउमा रहेको मुस्लिम बस्ती र गढी २ मुसहरि टोलका ६० जनालाई दिनेश स्मृति प्रतिस्ठान दुहबीको आयोजना तथा एभरेष्ट बैंक दुहबी शाखाको सहयोगमा बिपन्न बर्ग,एकल महिला,निसहाय विद्यार्थी तथा ज्येष्ठ नागरिकहरु लाई कम्बल वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच कम्बल वितरण गर्नु हुँदै दिनेश स्मृति प्रतिस्ठान दुहबीका संरक्षक भगवती चौधरीले सामाजिक कार्यलाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरेको बताइन । एभरेष्ट बैंक लिमिटेडका एक नम्बर प्रदेश क्षेत्रीय संयोजक जनक प्रसाद चापागाईंले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको जनाए । एभरेष्ट बैंक दुहबीका प्रबन्धक नर बहादुर रावलले बैंकको नीति अनुसार हरेक बर्ष सामाजिक कार्य गर्दै आएको बताए । पुर्ब मन्त्री भगवती चौधरीले आर्थिक तथा सामाजिक रूपान्तरण नभए सम्म देश विकास हुन नसक्ने भएकोले आर्थिक तथा सामाजिक परिवर्तनमा सबैले जोड दिनु पर्ने बताइन् ।
कार्यक्रममा ग्रामीण महिला उत्सुकता विकास मञ्चकी ललिता कुमारी चौधरी, दिनेश चौधरी स्मृति प्रतिष्ठानका महासचिव विनोद कुमार चौधरी, कोषाध्यक्ष करण चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्