Logo
७ बैशाख २०८१, शुक्रबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानो गाउँमा जन्मे हुर्केर इन्टरनेशनल आइकन प्रियकां चोपडाकाबारे यस्तो छ रोचक तथ्य

भारतको एउटा सानो गाउँमा जन्मे हुर्केर उत्तरप्रदेशको लखनउ र बरेलीबाट स्कुल लेभल पढाई पुरा गरेर प्रियंका चोपडाकाले अन्तराष्ट्रिय आइकनको रुपमा स्थिापित भएकी छिन् ।

उनले धेरै मुस्किलहरुको सामना गरेकी हुन् भने अझैपनि आएका समस्याहरुलाई समाधान गर्दै आएकीछन् । जसको नतिजा आज सबैको अगाडी छ ।

देशी गर्लसमेत भनेर चिनिने उनी आज धेरैको आइडल बन्न पुगेकी छिन् । उनै प्रियंकाका बारेमा जानौँ केही रोचक तथ्य :

– प्रियंकाको जन्म १८ जुलाई १९८२ मा जम्सेदपुरमा भएको थियो ।

– प्रियंकाले आफ्नो स्कुल लेभलको पढाई लखनउ र बरेलीबाट पुरा गरिन् भने ग्राजुयसन जय हिन्द कलेज मुम्बईबाट पुरा गरिन् ।

– प्रियंका अहिले कन्फिडेन्ट र आइडल फिगर मानिन्छिन् तर स्कुलमा उनी बिल्कुलै आत्म विश्वास नभएकी बालिका थिइन् ।

– प्रियंकालाई एक्टिगंमा कुनै शोक थिएन् । उनी क्रिमिनल साइकोलोजिस्ट वा एरोनोटिकल इन्जिनिइरिगं गर्न चाहन्थिन् ।

– युएसएमा जब उनी पढ्न गइन् उनले धेरै नै जातिवादको सामना गर्नु प-यो । उनलाई त्यहाँ ब्राउनी भनेर बोलाउने गर्थे । यसले उनलाई धेरै नै ठेस पु-याएको थियो ।

– प्रियंका फिल्मी ब्याकग्राउण्ड नभएको परिवारबाट आएकी हुन् । उनका आमा बाबु मधु चोपडा र अशोक चोपडा इन्डिएन आर्मीमा फिजियसनका रुपमा काम गर्थे ।

– प्रियंकाका पिताको निधन २०१३ मा क्यान्सरका कारण भएको थियो ।

– प्रियंका लाइमलाइट दुनियामा १८ वर्षको उमेरमा आइन जब उनले मिस वल्र्डमा सहभागिता जनाइन् ।

– प्रियंकाले २००० मा मिस वल्र्ड जितिन् ।

– प्रियंका बलिउडकी पहिली नायिका हुन् जसलाई क्रियटिभ आर्टिस एजेन्सीले हायर गरेको थियो । र २०१२ मा इन माई सिटी गीत लन्च गरिन् ।

– प्रियंका एक राइटर पनि हुन् २००९ मा उनले द प्रियंका चोपडा कोलम लेख्न सुरु गरेकी थिइन् हिनदुस्तान टाइम्सका लागि ।

– २०१६ मा उनी पद्म श्री अवार्डबाट सम्मानित भइन् ।

– प्रियंकाले साउथ इन्डिएन फिल्मबाट डेब्यु गरेकी थिइन् ।

– प्रियंकाले आफ्नो ब्यागमा सधैँ एक युनिक चिज बोक्छिन् त्यो हो टब्यास्को हट सस ।

– प्रियंका चोपडाका छैठौँ ब्वायफ्रेन्ड हुन् अमेरिकन गाएक निक जोनस । उनीहरुकाबारे समाचार तब भाइरस भयो जब उनी मेट गालामासँगै गएका थिए ।

– प्रियंका र निक जोनसले हिन्दु र क्रिस्चियन रितिरिवाजका अनुसार २०१८मा विवाह गरे ।

– प्रियंका सामाजिक कार्यका लागि पनि परिचित छिन् । उनी धेरै एनजिओसँग उनको सहकार्य रहेको छ । साथै उनी यूनिसेफका लागि पनि काम गर्छिन् ।

– प्रियंकाको पर्पल पेपल नामको प्रोडक्सन हाउस पनि रहेको छ ।

– मेगेन मार्कल प्रियंकाकी बेस्ट फ्रेन्ड मध्येकी एक हुन् ।

– प्रियंकाले कयौं पल्ट वल्र्ड सेक्सी महिलाको उपाधि जितेकी छिन् ।

तस्विरमा जीवनी :

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्