Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको बाल बिकास केन्द्र जोखिमपुर्ण अवस्थामा, वडा कार्यालय र प्राबिधिक बेखबर

प्रदेश एक सुनसरीको दुहबी वडा नम्बर ९ सोनापुर स्थित बालकुण्ड प्रारम्भिक बाल बिकास केन्द्र जोखिमपुर्ण अवस्थामा रहेको पाइएपनि वडा कार्यालय र प्राबिधिक बेखबर रहेको छ । बाल बिकास केन्द्रको दक्षिण र पश्चिम पट्टी पुरै चर्केको अवस्थामा चिरा परेको छ । दलित बस्तीको यो स्कूलको हविगत देखेर’आफै पस्न डरलाग्दो भवनमा अरुको बच्चा लिएर कसरी बस्ने ?’ भन्दै १ हप्ता अगाडी बालबालिका हरुका लागि सहयोग लिएर पुगेका सामाजिक अभियन्ताहरुले दुख प्रकट गरे ।

बाल बिकास केन्द्रको भवन बाहिरबाटै चर्किएको देखिन्छ । भुइँमा पुरानो कार्पेटमा केहि बाल बालिका हरु दयनीय अवस्थामा पढ्न बाध्य छन । ३५ जना पढ्ने सो बाल बिकास केन्द्र वरपरको गारोमा पनि तेर्सा तेर्सा लामो चिरा परेको छ ।
चैत बैशाखको हावा हुरि आउँदा बस्नै डर लाग्ने
जोखिम पुर्ण अवस्था छ । विद्यार्थीमा रहेको मनोवैज्ञानिक त्रास हटाउनुपर्ने दायित्व कस्ले लिने ’कस्तो धर्मसंकट पयो,एक अभियन्ताले भने,’ ज्यान खतरामा छ ।

अरुका साना बच्चा राखेर के पढाउने ?’ शिक्षिकाहरुले यस भवनमा कक्षा सञ्चालन गर्न खतरा रहेको जानकारी गराएको बताए पनि वडा कार्यालयले कुनै ठोस कदम चालेको
देखिदैन । विद्यालयको भवन जोखिमपुर्ण र असुरक्षित ठानेरनै अभिभावकहरुले बालबालिका नपठाएको हुनसक्ने उनीहरु बताउँछन्।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्