Logo
१३ फागुन २०७६, मङ्गलबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका दुबै उम्मेदवार विजयी, अब शेखर सिंह र मृगेन्द्रसिंह यादवपनि सांसद

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर २ केन्द्रित राजपाका दुबै उम्मेदवार विजयी भएका छन् । राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् ।

बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका हुन् । यस्तै काँग्रेसका भोला पजियार ४५१२ मतभार ल्याएर पराजित बने ।

यस्तै राजपाका मृगेन्द्र सिंह यादवले ५४ सय मत ल्याए भने अनिरुद्धले ४५१२ ल्याएर पराजित बने । प्रदेश नम्बर २ मा नेकपा र राजपाकाे गठबन्धन रहेकाे थियो ।

निर्वाचनमा नेकपाका दुइ उम्मेदवार पनि विजयी भएका छन् । यस हिसावले प्रदेश नम्बर २ काे ४ पदमा भएकाे गठबन्धन सफल भएको छ ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार २०:००

प्रतिक्रिया दिनुहोस्