Logo
४ बैशाख २०८१, मंगलबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा कोठामा राखिएकाे वालक्लव घडिबाट विद्यार्थीले यस्ताे फाइदा

इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा वालक्लवले घडि राखेको छ ।

शिक्षक कक्षामा कतिवेला प्रवेश गर्नुभयो त्यहि घडिहेरेर विद्यार्थीले खातामा लेख्छन,शिक्षक कतिवेला कक्षाकोठावाट निस्कनुभयो त्यो पनि लेखेर राख्छन ।इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएका वालक्लव र ग्रिन क्लवले यस्तै उदाहरणीय काम गरिरहेका छन ।

इटहरी उपमहानगरले आयोजना गरेको माध्यमिक विद्यालयका वालक्लव र ग्रिन क्लका अध्यक्षहरु सँगको अन्तरक्रिया कार्यक्रममा वालवालिकाले विद्यालय र समुदायमै गरेका विभिन्न कामहरुको अनुभव सुनाए ।

इटहरीको कविर माध्यमिक विद्यालयको वालक्लवका छात्राहरुले आफूहरुले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै वनाएर प्रयोग गर्ने गरेका छन । उनीहरुले स्कुलमै तालिम लिएर प्याड वनाएर जम्मा गर्ने गरेका हुन ।वालक्लव र ग्रिनक्लवका विद्यार्थीहरु अत्यन्तै रचनात्मक देखिए उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताउनुभयो ।

एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका वालवालिकाले पनि सिकुन भनेर राखिएको अन्तरक्रिया कार्यक्रम फलदायी वनेको महाशाखा प्रमुख कुमारी अम्विका शाहले वताउनुभयो ।

इटहरीकै राष्ट्रिय मायमिक विद्यालयको वालक्लवका विद्यार्थीहरुले विद्यालय छेउछाउको गाँउमा फोहोरमैला भएको देखेभने त्यहाँ जान्छन स्थानीय जुटाउन अनि सरसफाई गर्छन ।

स्कुले केटाकेटीले फोहोर देखे भने आउछन भनेर स्थानीय आफै सरसफाइमा जुटन थालेका छन ।अन्तरक्रियामा वाल र ग्रिनक्लवका अध्यक्षहरुले नियमित वैठक वस्ने,हप्तामा एक दिन अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने,वृक्षारोपण,फूलवारी निर्माण,चेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य सुनाए ।

इटहरीको कविर माविका विद्यार्थीले स्कुल आसपासमा मदिरा र सूर्तिजन्य पदार्थ वेचविखन नगर्न खवरदारी गर्ने गरेका छन । पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निशेध गरेका छन ।

महेन्द्र मावि इटहरीमा कोहि विद्यार्थी लामो समय विद्यालय नआए वालक्वलका छात्रछात्रा ती विद्यार्थीको घरमै पुगेर अभिभावक र विद्यार्थीलाई सम्झाई वुझाई गर्ने गरेका छन ।

वालक्वल र स्काई क्वलका वालवालिकाको गतिविधिले आफूहरुलाई समेत उत्साहित वनाएको उपमहानगर शिक्षा,युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताउनुभयो ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्