Logo
१३ बैशाख २०८१, बिहीबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियामा डढेलो निभाउने क्रममा विमान दुर्घटना

अष्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३:३० देखि हराइरहेको थियो । खोजको केही पछिनै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए । नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए ।

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्