Logo
१३ बैशाख २०८१, बिहीबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखका लागि उपराष्ट्रपतिको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएपछि उपराष्ट्रपति कहाँ ?

सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बस्नुभएको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो ।

यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन्। तिमिल्सिनाले प्रयोग गर्नुभएको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर पहिलो साता सरेका थिए ।

सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ ।

रङरोगन लगायतका काम करिब सकिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले नयाँ सभामुखका लागि भवन व्यवस्थापन भइसकेको बताए।

योगीले भने, “हामीले सभामुख चयनका लागि अधिवेशन आह्वान भएसँगै सहरी विकासलाई निवास व्यवस्थापनको आग्रह गरेका थियौँ । पुसको पहिलो साताभित्र सभामुख निर्वाचित हुने अनुमानमा हामीले सोअघि नै पत्राचार गरेका थियौँ ।

सहरी विकासले उपराष्ट्रपति यसअघि बस्नुभएको भवन तयार गरिदिएको छ । शुक्रबार सचिवालयले निवासको अनुगमन पनि गर्दैछ । रङरोगन लगायतको सबै काम करिब सकिएको छ ।”

लौनचौरको उक्त निवास काठमाडौँ महानगरपालिकाका प्रमुखले समेत प्रयोग गरेका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका लागि व्यवस्थापन गरिएको थियो ।

प्रमुख आयुक्तका लागि कार्यालयसँगै निवास व्यवस्थापन भएपछि उक्त भवनलाई उपराष्ट्रपति निवास बनाइएको थियो । तत्कालीन उपराष्ट्रपति परमानन्द झा उक्त भवनमा बसेका थिए ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सोही भवनमा बसे। उनी सरेपछि खाली भएको निवासमा केही समय पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत बसे ।

समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री भट्टराई पुल्चोक सरेका थिए । त्यसपछि भवन खाली नै थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्