Logo
८ बैशाख २०८१, शनिबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी गाडी सिक्दा दुर्घटना, ५ बर्षिय बालकको मृत्यु

नवलपुर : नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो ।

स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोधन गर्नुपर्ने माग गरेका थिए । बिरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएका थिए । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनिएपनि स्थानीयले सिक्ने क्रममा दुर्घटना भएको बताएका छन् । गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुवेदी फरार छन् ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्