Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख नबनाउन भन्दै अग्नि सापकोटाविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सभामुख नबनाउ भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

कर्तव्य ज्यान मुद्दाको गम्भीर आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन भएको हो । माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा सापकोटाविरुद्ध हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामूख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा सहभागीले लगाएका छन् ।

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।

अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्