Logo
१३ बैशाख २०८१, बिहीबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी लगानीमा डाक्टर बन्छन् तर, विदेशमा काम गर्छन् : मन्त्री ढकाल

कञ्चनपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफूले स्वास्थ्य क्षेत्रका समस्या बुझ्न अनुगमन तथा अस्पतालको निरीक्षण गरिरहेको बताएका छन् ।

अस्पतालको निरीक्षण गरिरहेका मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा धेरै विक्रिति र विसंगति रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् ।

उनले भने,‘यसिअघिका स्वास्थ्य मन्त्रीहरुका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको हो ।’ ‘स्वास्थ्य क्षेत्रका समस्या बुझ्न अनुगमन तथा अस्पतालको निरीक्षण गरिरहेको छु’।

सरकारी लागानीमा डाक्टर बनेका व्यक्ति नेपालमा काम नगर्ने गरेको उनको भनाइ छ । ‘सरकारी लगानीमा डाक्टर बन्छन् तर, विदेशमा काम गर्छन्,’ उनले भने, ‘सरकारी लगानीमा डाक्टर बनेकाहरुले काम र्गयो भने सबै स्थानीय तहमा एक(एक विशेषज्ञ डाक्टर हुन्छन् ।’

बिचौलियाका कारण अधिकांश स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरण काम नलाग्ने अवस्थामा रहेको उनले बताए। ‘अस्पताल तथा स्वास्थ्य संस्थामा औजार, उपकरण खरिद गरिन्छ, प्रयोग गरिदैन्,’ उनले भने,‘अधिकांश औजार(उपकरण कमिशनमा खरिद गरिँदो रहेछ। अब यस्ता काम गर्न दिदैनौँ।’

मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताए।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्