Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वा्चित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख /उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताए ।

प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी कूल मतदाता २२९ रहेका छन् । मतदाताको मतभार भने फरक-फरक रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेकामा स्थानीय तहका एक पदाधिकारीको मतभार १८ रहेको छ ।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३९, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्य छन् ।

प्रदेशबाट निर्वा्चित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ ।

महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्