Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी विवाद मिलाउन देउवाले आफ्नै निवासमा बोलाए सबै शीर्ष नेता

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुलाई लागि बोलाएका छन् ।

देउवाले छलफलका लागि बुधबार (आज) अपराह्न ३ बजे बूढानीलकण्ठमा नेताहरुलाई बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भानुका अनुसार देउवाले वरिष्ठ नेता पौडेलसँगै उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बोलाएका हुन् ।

निधि, सिंह र सिटौलाबीच सोमबार पार्टी कार्यालय सानेपामा भएका छलफलले वरिष्ठ नेतासहितको बैठक बेलाउन देउवालाई आग्रह गरेको थियो । छलफलमा सिंहले दिल्लीबाट फर्किएपछि पौडेलले देउवासँग कुराकानी गर्न चाहेको कुरा सुनाएका थिए ।

उक्त छलफलकै बीचमा निधिले सभापति देउवासँग टेलिफोनमार्फत सिंहको कुरा सुनाएका थिए । पुस २७ गते साँझ सभापति देउवासँग उनको निवासमा छलफल गरी रक्तचाप स्थिर नभएको भन्दै पुस २९ गते वरिष्ठ नेता पौडेल दिल्ली उडेका थिए ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्