Logo
८ बैशाख २०८१, शनिबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल बोक्ने ट्याङ्करमा लागुऔषध ओसारपसार गर्ने चालक पक्राउ

बारा : पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकलाई बारा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरी टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित पक्राउ गरेको हो।

ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनले लागुऔषध ओसारपसार गर्ने गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइरहेको प्रहरीले जानकारी दिएको छ।

बञ्जनकाे साथबाट प्रहरीले ‘वनरेक्स’ नामक लागुऔषध बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका बञ्जनलाई इप्रका सिमराले मंगलवार नै लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

ईप्रका सिमराका प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्द पुरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकीको तेल निकाल्ने दाहिने पट्टी गेटभल भित्र प्लाष्टिकमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको बताए । पेट्रोलियन पदार्थ बोकेको ट्यांकरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्