Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आममाफी पाएर अन्ततः उमेश यादव रिहा, सरोज रायको अभियान सफल (भिडियो सहित)

रोजगारीको शिलसिलामा साउदी अरब गएका बेला त्यहाँ पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश २ स्थित धनुषाका उमेश यादव अन्ततः नेपाल फर्केका छन् ।

उमेश बुधबार विहानै नेपाल आइपुगेका हुन् । उनलाई नेपाल फर्काउन अभियन्ता सरोज राय र उनका समुहले रात्तोदिन मिहिनेत गरेका थिए । आममाफी पाएर स्वदेश फर्केका उमेशलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा दिएको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा ३९ वर्षीय उमेश सन् २००६ मै साउदी पुगेका थिए ।

गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो ।

उमेशलाई जुवेल जेनरल कोर्टको आदेशमा साउदीकै जुवेल जेलमा राखिएको थियो । उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार दुईवर्ष अघि समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अघि बढेका थिए ।

अभियन्ता रायले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको पहल गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए ।

नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि दिएपछि मृतक परिवार माफीनामा दिएका थिए ।

यस घटनाक्रममा साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले पनि निकै पहल गरेका थिए । उमेशलाई अन्ततः जुवेल कोर्टले आमा माफी दिँदै झण्डै १४ वर्षपछि रिहा गरेको हो ।

लामो समयदेखि जेली जीवन बिताउँदै आएका उमेशबारे समाचार पहिलो पटक जनकपुरबाट संचालनमा रहेको न्यूज ब्यूरोले प्रकाशित गरेपछि यो मुद्दा राष्ट्रिय स्तरमा चर्चा पाएको थियो ।

त्यसपछि जनकपुरका बिभिन्न संचारमाध्यम समेत काठमाण्डौंबाट संचालनमा रहेको नागरिक टाइम्सले यस समाचारको निकै फ्लोअप गरेको थियो ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्