Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दामनमा निसास्सियर मृत्यु भएका ८ जना भारतीयलाई पोष्ट मार्टम पछि दुतावासको इच्छा अनुसार पठाइने

दामनमा निस्सासियर मृत्यु भएका ८ जना भारतीय नागरिकको आज (बुधवार) पोष्टमार्टम पछि भारतीय राजदुतावासको इच्छा अनुसार भारत पठाउने भएको छ ।

हिजो (मंगलवार) मकवानपुरको थाहा नगरपालिका-४ दामनको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सियर मृत्यु भएका ८ जना भारतिय नागरिकलाई आज महाराजगञ्ज स्थीत टिचिङ अस्पतालमा पोष्ट मार्टम पछि भारतिय राजदूतावासको इच्छा अनुसार भारत पठाइने महानगरिय प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी नायब उपरिक्ष (डीएसपी) होविन्द्र बोगटीले बताए ।

‘बुधवारबाट टिचिङ अस्पतालमा पोष्ट मार्टम हुन्छ । त्यसपछि दुतावसले कसरी लैजाने भन्छ । त्यसै गरिनै पठाउने हो,’ प्रवक्ता बोगटीले भने ।

सोमबार बेलुका रिसोर्टमा हिटर बालेर सुतेका उनीहरु विहान अक्सिजनको अभावले अचेत भएका थिए ।

दामनबाट उपचारको लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याएपछि मृतक घोषण गरिएको थियो ।

केरला राज्यका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्राको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्