Logo
१३ बैशाख २०८१, बिहीबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङ आइचर दुर्घटना : मन्दिरमा पूजा सकाएर चालकले अत्याधिक मात्रामा मदिरा पिएका थिए

माघ ७ गते मंगलबार धादिङको मैदी भञ्ज्याङमा भएको आइचर दुर्घटनाको कारण चालकले मदिरा सेवन गर्नु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४५ जना स्थानीयलाई लिएर ढोला मण्डली मन्दिरमा पूजा गर्न पुगेको उक्त टोली पूजा गरेर फर्कने क्रममा मंगलबार अपरान्ह पौने ४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुई जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर र जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

चालकले अत्याधिक मदिरा सेवन गर्नुका साथै सवारीको गतिसमेत तीब्र रहेको दुर्घटनाका प्रतक्षदर्शीहरुले बताएका छन् । तीब्र गतिको आइचर ट्रकले सन्तुलन गुमाउँदा सडकमै पल्टिएको थियो । चालकले मन्दिरमा पूजा गरिसकेपछि अत्याधिक मात्रामा मासु र मदिरा खाएको उनीहरुले बताएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरु:

१. तिलक ब गुरुङ, उमेर : ३५ – निलकण्ठ नगरपालिका २ भुल्भुले

२. पूर्ण नारायण श्रेष्ठ, उमेर : ५२ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

३. बिदुर गुरुङ, उमेर : २५ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

४. बेल ब गुरुङ, उमेर : ४६ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

५. ध्वज ब गुरुङ, उमेर : ३८ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

६. प्रेम ब गुरुङ, उमेर : ३४ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

७. सेते ब गुरुङ, उमेर : ६५ – नीलकण्ठ नगरपालिका २ भुल्भुले

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्