Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा झोले संस्थाहरु कमिसनको खेलमा बजेट स्वाहा पार्दै

प्रदेश १ सुनसरीको सबै स्थानीय तहहरुमा झोले सस्थाहरुले स्थानीय तह तथा वडाहरु सङ्गको कमिसनको खेलगरि लक्षित बर्ग कार्यक्रम तथा विभिन्न किसिमका कार्यक्रम हरुगरि करोडौंको बजेट बालुमा पानि हाले सरह हुदै गरेको बेलाबेलामा देखिने गरेको छ ।

सुनसरी जिल्लाको विभिन्न पालिका तथा वडा कार्यलयहरुको सेटिङमा विभिन्न एनजीओ आईनजियोको नामबाट दर्ता भएका सस्थाहरु जुन सस्था सामुहिक हुनु पर्नेमा अहिले स्थानीय तह आए सङ्गै तेस्ता सस्थाहरु बेक्तीगत रुपमा चलाउने गरेको देखापरिरहेको छ । कतिपय संस्था हरुको सम्पर्क कार्यलय पनि छैनन् । झोलामा सस्थाको कागज पत्र बोकि विभिन्न स्थानि तहहरु सङ्गको कमिसनको खेलमा विभिन्न किसिमको कार्यक्रम हरु गरिरहेको देखिन्छ ।

सोको आर्थिक लाभ संस्थागत नभईकन आफ्नो बेक्तीगत लाभलिने आफ्नो आय आर्जन गर्ने तिर लागेको प्रष्ट देखिन्छ । पछिलो समयत कतिपय नगरपालिका तथा गाउँपालिकाका वडा कार्यलको सेटिङमा कार्यक्रम चलाउने क्रममा लाखौको बजेटमा द्स बिस जनाको सहभागिता गरि चना चिउरा खुवाउने गरि बजेटनै स्वाहा पार्ने गरेको घटना बाहिर आईसकेको हो ।

पछिलो चरणमा संस्थाहरुको धेरै आलोचना हुन थालेपछि केही स्वरुप बदलेर तालिम , गोष्ठी , जनचेतना जस्ता कार्यक्रम हरुमा प्रतेक सहभागि हरुलाई नास्ता र १५० को दरले ज्याला दिने गरि कार्यक्रममा सहभागिता बढाउने गरेको पाईएको छ ।

नेपाल सरकारको श्रम ऐनमा जुनसुकै कामको प्रकृती भएपनि सरकारले न्यूनतम तोकेको ज्याला भन्दा कम दिन नपाईने प्रष्टै उल्लेख भएको भएपनि कतिपय संस्थाहरुले कमिसनको खेलमा कार्यक्रम लिदा नत श्रम कानुन मानेकोछ नत कार्यक्रम दिने स्थानीय सरकारले श्रम कानुन मानेको छ ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्