Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढीमा दोस्रो अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी पुरा

प्रेम गिरि/सुनसरीको गढी गाउँपालिकामा दोस्रो अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि दोस्रो अध्यक्ष कपको सम्पुर्ण तयारी पूरा भएको आयोजक यूथ फर प्लानिङ एण्ड एक्सन क्लबले जनाएको छ ।

माघ ९ गते बिहीवार गढी खेल मैदानमा हुँने प्रतियोगितामा गढीका ६ वडा र २ वटा स्थानिय क्लबले प्रतिस्पर्धा गर्नेछ । गढी गाउँपालिकाको सहयोगमा हुँने प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई २१ हजार नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ ।

गढी गाउँपालिकाको सहयोगमा हुँने खेलमा पराजित हुँने टिमहरुलाइ समेत नगद ५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सिताराम चौधरीले जनाएका छन । पत्रकार सम्मेलनका बिशिष्ठ अतिथि गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी र गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले शुभकामना दिनु हुँदै गढीमा खेलकुद विकासकालागि रंगशालाको अवधारणा अगि सारिएको बताउनु भयो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले शुभकामना दिनु हुँदै स्थानीय स्तरका खेलाडीहरुलाइ रास्ट्रीय स्तरमा पुगाउने उदेश्यले अध्यक्ष कप सुरु गरिएको बताउनु हुँदै प्रत्येक वडाबाट २ देखि ३ खेलाडी छानेर प्रोत्साहन गरिने प्रतिबद्धता जनाउँनु भयो ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्