Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC विकास परियोजना हो, नेपालको लागि आवश्यक छ : मन्त्री ढकाल

डडेल्धुरा : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसिसी कुनै सैन्य प्रयोजनाका लागि नभएकाले संसदबाट पास हुने बताएका हुन्। माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने उनको दाबी छ।

‘एमसिसी परियोजना कुनै सैन्य परियोजना होइन। हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,’ उनले भने, ‘एमसिसी विकास परियोजना हो। नेपालको लागि आवश्यक पनि छ।’ एमसिसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो। एमसिसीका बारेमा पार्टी्भित्र विवाद रहनु समस्या भएको उनले बताए।

पार्टी्भित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो। भीम रावलप्रति कटाक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनले बताए। कांग्रेसप्रति लक्षित गर्दै उनले उनीहरूप्रति सहानुभूति राख्न मात्रै सकिने धारण राखे। एमसिसी र सरकारका कामको विरोध गर्दै आइरहेका नेता भीम रावल ‘पद नपाएर’ विरोधमा उत्रिएको आरोप लगाए।

रावलप्रति कटाक्ष गर्दै मन्त्री ढकलले उनको विरोधले विपक्षी दललाई राहात पुगेको बताए। ‘अलिअलि पद अवसर नपाएका कारण जो ‘कुण्ठा’ हरू कहिलेकाहीँ व्यक्त हुन्छन्। त्यसले हाम्रा (नेकपा) कार्यकर्तालाई भन्दा पनि विपक्षीलाई बाच्नका लागि राहात दिएका छन्।’ उनले रावलप्रति कटाक्ष गर्दै भने,‘यस्ता अभिव्यक्तिले पनि समाजमा योगदान नै गरेका छन्।’

मंगलबार बैतडीमा ट्रमा सेन्टरको सम्भाव्यता अध्ययन गर्ने जाने क्रममा डडेल्धुरा पुगेका मन्त्री ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा मन्त्री ढकाले चिकित्सक दुर्गम आउन नमान्ने प्रवृतिले अभाव भएको बताए। लामो समयसम्म चिकित्सक अभाव रहेका अस्पतालमा अब क्रमिक रुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ।

‘डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ, यद्यपि केही अभावहरू कायम छन्,’ उनले भने, ‘यो मन्त्रालय हामीले समालेपछि व्यवस्थापन गर्दै जान्छौं। यी हिजोका अभाव अब हट्दै जाने छ।’ चिकित्सकहरू केन्द्रले पठाउने अध्ययन बिदामा बस्ने समस्या देशभरको रहेको उनले बताए। अध्ययन बिदामा पनि अब अडाइ गरिने उनको भनाइ छ।

उनले भने, ‘हाम्रा डाक्टर सापहरूको अधिकांश समय पढाइमा जान्छ। छ महिना काम गर्ने फेरि पढन जाने फेरि अर्को चरण सेवा गयो फेरि पढ्न जाने रहेछ। अब स्वास्थ्य मन्त्रालयले अध्ययन विदालाई पनि कडाइ गर्छ।’ उनले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरूले छिटै पूर्णता पाउने समेत बताए।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्