Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र मोदीले संयुक्त रुपमा गरे विराटनगरस्थित आईसीपीको उद्घाटन (भिडियो सहित)

प्रधामन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको सहयोगमा निर्माण गरिएको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) संयुक्त रुपमा उद्घाटन गरेका छन्।

आईसीपीसँगै उनीहरुले भारतीय सहयोगमा नेपालको गोर्खा तथा नुवाकोटमा ‘निजी आवास पुनर्निमाण’ परियोजनाको पनि उद्घाटन गरेको मन्त्रीपरिषद् कार्यलयका प्रवक्ता यामलाल भुसालले जानकारी दिए।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारबाट ओली र भारतस्थित हैदरावाद हाउसको कार्यालयबाट मोदीले संयुक्तरुपमा रिमोर्ट मार्फत उद्घाटन गरेका हुन्।

आईसीपी उद्घाटनसँगै नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई प्राप्त भएको भुसालको भनाई छ। यसअघि ओली र मोदी दुवैले भारतीय सहयोगमा निर्मित मोतिहारी अमलेखञ्ज ‘पेट्रोलियम पाइपलाइन’ को उद्घाटन पनि यस्तै प्रविधिबाट उद्घाटन गरेका थिए।

हेर्नुस् भिडियो :

हेर्नुस् अन्य तस्विरहरु : 

विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)का तस्विरहरु : 

 

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्