Logo
१५ चैत्र २०८०, बिहीबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआइसी एशियाको छलाङ, ६ महिनाको खूद नाफा २.०१ अर्ब

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार २ अर्ब एक करोड नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले २०७५ पुस मसान्तमा आर्जन गरेको भन्दा ५० करोड अर्थात ३३.११ प्रतिशतले बढी हो । बैंकले गत आवको पुस मसान्त अवधीमा एक अर्ब ५१ करोेड मात्र नाफा आर्जन गरेको थियो । बैंकले यो अवधीमा एक खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७८.१८ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ गरेको देखिन्छ । । ९ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बैंकको कष्ट अफ फण्ड ६.९३ प्रतिशत छ भने आधार ब्याजदर ९.६२ प्रतिशत छ । स्प्रेड दर ५.०२ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ४१.६१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६४.८७ रुपैयाँ रहेको छ ।

हाल यो बैंकको देशभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग इकाई रहेका छन् । बैंकले २१ लाखभन्दा बढीलाई सेवा दिइरहेको छ । 

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्