Logo
८ बैशाख २०८१, शनिबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै -सभामुख निर्वाचन प्रक्रिया सुरु हुने

प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ । बैठक मार्फत सभामुख निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

गत असोजदेखि सभामुखविहीन अवस्थामा प्रतिनिधिसभा रहेको थियो । सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ । शिवमायाले आज नै उपसभामुखबाट राजीनामाको घोषणा गरेमा संसद् सचिवालयले एकसाथ दुवै पदको निर्वाचन प्रक्रिया थाल्नेछ ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्