Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC घातक मात्र होईन, नेपाल स्वतन्त्र देश नै रहने कि नरहनेमा प्रश्नबाचक

संतोष आचार्य

MCC को आडमा नेपालको भुमी रणस्थल बन्दैछ । अमेरिकाको साम्राज्यवादी नीति अन्तर्गत नेपालको अर्थ, सुरक्षा र उर्जा क्षेत्रमा यसको विशेष चासो छ ।

अबको विश्व भनेको खनिज सम्पदा रहित विश्व बन्दैछ । नेपालमा उर्जाको प्रशस्त सम्भाव्यता छ ।

बेलैमा नेपालको राजनितिक र आर्थिक क्षेत्रमा प्रवेश गर्ने हो भने यहाको उर्जा सेक्टरमा इराकको तेलको कुवामा हस्तक्षेप गरेझै गरेर हस्तक्षेप गर्न सकिन्छ र भोलि नेपालले नदिएमा नेपाललाई इराक बनाउन सकिन्छ ।

MCC को आडमा नेपाल आर्थिक रूपमा केही विकास त हुन्छ नै तर यहाको बौद्दिक व्यक्ति सबै माथी अमेरिकी नीति हावी हुन्छ । नेपाल स्वतन्त्र रहेर पनि अमेरिकाको गुलाम बन्न पुग्छ ।

जसरी महेन्द्रको शासनकालमा चाईनालाई ब्यालेन्स राख्नलाई लिपुलेक क्षेत्रमा भारतलाई सेना राख्ने अनुमती प्रदान गरियो र समयमा नै उक्त क्षेत्र बाट सेना हटाउन नसक्दा आज लिपुलेक विवादित क्षेत्र बन्यो त्यस्तै आजको विश्वमा आर्थिक र सैन्य नीतिमा चाईना को बढ्दो प्रभावलाई नियन्त्रण गरेर अमेरिका पुन: आफू नै विश्वमा राज गर्न चाहन्छ ।

आर्थिकरूपले मोदी नीति एकातिर उदाउदो छ भने अर्को तिर चाईना । त्यसैले अमेरिका नेपालको भुमी प्रयोग गरेर चाईना र भारत नियन्त्रण राख्ने अड्डा बनाउन चाहन्छ । यसलाई लिपुलेक बनाउन चाहन्छ । नेपाल चाईनाको हिमालयन क्षेत्र बाट चाईनालाई निगरानी राख्न चाहन्छ ।

प्रतिनिधि सभा बाटै यसलाई पास गराएमा भाविको दिनमा उसलाई नेपालको कुनै कानुन र शक्तिले फाल्न हिम्मत गर्दैन त्यसैले नेता किनेर नै भए नि उसले यसलाई सभाबाट पास गर्न चाहन्छ । यदि एक पटक पास भयो भने आर्थिक रूपमा नेपाल केही सबल त बन्ला तर नेपाल अमेरिकी कृडास्थल बन्ने पक्का छ ।

चाईनालाई थ्रेट दिन आउदै गरेको अमेरिका बिस्तारै भारत लाई नि घाँडो बन्न थाल्छ । टाडाको शत्रु लाई छेउ मै आश्रय दियो भने आज चाईना ठुग्ने सर्पले भोलि भारतलाई नि अवस्य ठुङ्छ ।

सिभिल ड्रेसमा अमेरिकी सैन्य यहाँ हावी हुन्छन । नेपालमा न साधन छ न श्रोत । जे पाएको छ त्यो सबै दान मा पाएका उपकरण छन । जसको राईट्स नियन्त्रण दिने राष्ट्रमा निहित छन ।

सेना सग भएको राष्टृय सुरक्षा का हथियार समेत दान मा पाएको हथियार छन । के थाहा ती हथियार माथिको टेक्निकल रोबोटिक नियन्त्रण पनि दानकर्ता सगै पो छ कि ? एक पटक अमेरिका जहाँ छिर्छ । त्यहाको नीति , समाज, सस्कार मात्र होईन भुमी समेत रित्याएर मात्र हिड्छ ।

MCC को आडमा चाईना र भारत सग निउ खोज्नलाई अमेरिकाले नेपाली भुमी प्रयोग गर्ने जुन सपना देखेको छ । यदि यो पूरा भयो भने नेपाल भौतिक रूपले बिकास त होला तर आन्तरिक रूपले पुरै खोक्रो हुनेछ ।

अफ़्रिकि मुलुक को नश्ल पुरै खराब भएर कालाको घरमा गोरा बच्चा जन्मिए झै अमेरिका जहाँ छिर्छ सगै बेश्याबृत्ती ले नि जरो गाड्छ । नेपाली नश्ल नि खराब हुने निश्चित छ । नेपाली महिला नि सुरक्षित हुने छैनन ।

यो देशको सस्कारको क्षय, सुरक्षा नीति मा थ्रेट, वैदेशिक सम्बन्ध माथीको निगरानि , खनिज सम्पदा शोषण, आर्थिक क्षेत्रमा हस्तक्षेप, हिमालयन ट्रान्स बोर्डर क्षेत्रमा सैन्यकरण, नश्लिय बर्वादी, भारत चाईनाको आखी, द्वन्दग्रस्त भुमी, बौद्दिक ब्यक्ती माथिको निगरानी, उर्जा क्षेत्रमाथी को हस्तक्षेप, आदि सबै MCC को देन हुनेछन ।

त्यसैले बेलैमा सतर्क बनौ । कम्युनिस्ट सरकारलाई धिक्कार्ने अवस्थाको सिर्जना नहोस । नेपाल आमाको जय ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्