Logo
४ बैशाख २०८१, मंगलबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शबाना आजमीका ड्राइभर अमलेश कामतविरुद्ध मुद्दा दर्ता

भारत स्थित पुणे एक्सप्रेसवेमा शनिबार शबाना आजमीको दुर्घटना भएको थियो । यो मामलामा ट्रक ड्राइभरले शबानाका ड्राइभरविरुद्ध मुद्दा दर्ता गरेका छन् । ट्रक ड्राइभरले शबाना आजमीका ड्राइभर अमलेश कामतविरुद्ध खालापुरमा मुद्दा दर्ता गराएका हुन् ।

दुर्घटनामा बलिउडकी चर्चित अभिनेत्री सबाना आजमी घाइते भएकी छिन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।

उक्त दुर्घटना ६० किलोमिटर टाढा खलापुर नजिकै शनिबार बेलुकी करिब चार बजे भएको हो ।

रायगढीका एसपी परासकरका अनुसार उनको कार ट्रकसँग ठोक्किन पुगेको हो । उक्त दुर्घटनामा कार अत्यधिक क्षतीग्रस्त भएको छ ।

आरोपमा भनेका छन्, ‘शबानाका ड्राइभरले तीब्र गतीमा गाडी चलाइरहेका थिए । गाडीले ट्रकलाई ठक्कर दिएको थियो । उनको लापरवाहीका कारण दुर्घटना भएको हो ।’

अस्पतालका एक शीर्ष अधिकारीले उनलाई उपचारका लागि मुम्बईको कमोठे स्थित महात्मा गान्धी मिशन मेडिकल कलेज एण्ड हस्पिटल पुर्‍याइएको र पछि उनलाई अंधेरीको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा रिफर गरिएको थियो ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्