Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छाउगोठ भत्काउँदै प्रहरी, परेको हिउँमा र रमाउँदै गरेका पर्यटक

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरमा आइतबार छाउगोठ भत्काउँदै प्रहरी । वडा कार्यालयको समन्वयमा प्रहरीले छाउगोठ भत्काउन थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको आयोजनामा उखु खेतीका लागि जेटिएलाई आइतवार शुक्लाफाँटाको झलारीमा तालिम दिँदै । कृषि ज्ञान केन्द्र कञ्चनपुर महाकाली चिनी मिलका प्राविधिकले तालिमका सहभागी जेटिएलाई तालिम दिएका छन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडक खण्डमा रहेको अन्धुवा खोलामा निर्माणाधीन पक्की पुल । तस्विरः सुरेन्द्र भण्डारी
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आइतबार परेको हिउँ र रमाउँदै गरेका पर्यटक । तस्वीर सौजन्यः देवीजंग गुरुङ (सिक्लेस)
नवलपुरको गैँडाकोट नगरपालिका– १८ स्थित बसेनीमा रहेको टिकारत्न टुल्की कृषि फर्ममा सुन्तलाको बिरुवा गोडमेल गर्दै फर्मका सञ्चालक गुप्तप्रसाद रेग्मी । उहाँ गैँडाकोट नगरपालिका–११ को वडा सदस्यसमेत हुनुहुन्छ । तस्वीरः टेकराज पोखरेल÷

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्