Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचा नगरपालिकाले गर्यो कृषकलाई ७४ थान कृषि सामाग्री वितरण

शिव भट्टराई/ मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर भित्र रहेका विभिन्न वडामा रहेका कृषकहरुलाई कृषि उत्पादनमा लाग्ने कृषि यन्त्र तथा उपकरण सामाग्री वितरण गरेको छ ।
नगरले विभिन्न वडामा बसेर सामुहिक कृषि फर्म सञ्चालन गरी तथा व्यक्तिगत कृषि पेशामा लागि व्यवसायिक कृषकहरुलाई ७४ थान विभिन्न कृषि सामाग्रीहरु वितरण गरेको हो ।

शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा कृषकहरुलाई विभिन्न कृषि उपज सामाग्रीहरु वितरण गरेको हो ।
नगरले वितरण गरेको सामाग्री ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान गरि ७४ थान कृषि सामाग्री वितरण गरेको हो ।
नगरले उक्त सामाग्रीहरु कृषकसग ५०/५० गरेर लागत साझेदारी गरि वितरण गरेको थियो ।

उक्त सामग्री वितरण गर्नु पुर्व नगरले केही महिना अगाडि कृषकहरुसग माग आवेदन फारम भरेको र माग फारम बमोजिम नै कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।नगरप्रमुख ढकालले नेपाल कृषि प्रधान देश भनिएता पनि कृषि उपज जमिनहरु मासिदै गएको बताएका थिए । उनले उक्त जमिन मासिनबाट रोक्न केन्द्रीय सरकारबाट योजना आउनु पर्ने बताए ।

उनले नगरले कृषकहरुको समस्या समाधान गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन बजेट विनियोजन गरेता पनि कृषकले आफ्ना समस्या अनुसार कृषि सामाग्री माग नगरेको बताएका थिए । उनले कृषकले माग गरे अझ धेरै कृषि सामाग्री नगरले उपलब्ध गराउने समेत बताएका थिए ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्