Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिराटनगरमा हुने माघी महोत्सवमा १० हजार भन्दा बढी दर्शक अवलोकन गर्ने

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जैविक बिबिधताले धनी मानिएको देश हो । नेपालको जनसख्याका हिसाबले चौथो स्थानमा रहेको थारु समुदाय संस्कतिका धनि समुदायको रुपमा मानिन्छ । थारु समुदाय आफ्नै मौलिक धार्मिक, साँस्कृति, भाषा, भेषभुषा र मौलिक खानापानमा अलग पहिचान बोकेको छ ।
धार्मिक तथा सांस्कृतिक रुपले महत्व मानिएको माघी पर्वमा अहिले थारु समुदायमा पुषको अन्तिम साता देखि माघ महिनाभरि बिभिन्न कार्यक्रम गरी मनाउने गर्दछन ।

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । पूर्वमा थारु समुदायले माघी पर्वमा तिलको लड्डु खाने भएको हुँदा तिला सक्रान्ति पर्व पनि भन्ने गरिन्छ । यो पर्वमा नयाँ आर्थिक वर्ष, घर सल्लाह गर्ने पर्व, अगुवा चुन्ने पर्व, छोरी चेलीलाई उपहार दिने पर्व, सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने
गर्दछ । माघी पर्वमा तिलको लड्डु, सखरखण्ड, भक्का, रोटि, बगिया, घोघी, मासु, माछा लगायतका थारु परिकार बनाई खाने चलन छ ।

त्यसै गरि माघ ४ गते थारु कल्याणकारिणी सभा मोरंग तथा थारु युवा सभा बिराटनगरको संयुक्त आयोजना प्रदेश १ को राजधानी बिराटनगरमा तेस्रो माघीमहोत्सव हुने भएको छ । सो महोत्सवलाई प्रदेश १ का सांसद चमनारायण तबदारले समुदघाटन गर्नु हुनेछ । मोरंग जिल्लाकै ठुलो माघी महोत्सवको रुपमा उक्त महोत्सवलाई लिने गर्दछ । बिगत ३ वर्ष अगाडी बिराटनगरको पर्पल हेजमा गरिएको कार्यक्रममा दर्शकको भिड थाम्न नसकेर गत वर्ष खुल्ला खेतमा महोत्सव मेला आयोजना गरिएको थियो ।

यस बर्ष पनि सोहि स्थान बिराटनगरको कन्चनबारी स्थित नोबेल मोडमा महोत्सव गर्न भब्य तयारी भइरहेको आयोजकले जनाएको छ । १० हजार भन्दा बढी दर्शकको सहभागिता हुने लक्ष्य लिएको छ । उक्त महोत्सव हेर्न नजिकका उदयपुर, सुनसरी, झापाबाट समेत महोत्सव हेर्न आउने गर्दछन।
गत वर्ष १५ वटा मात्र स्टल थियो भने यस बर्ष स्टलको संख्या बढाउने र अझ ब्यबस्थित गर्ने भएको छ । महोत्सवमा थारु खाना परिकारको स्टल, नि:शुल्क स्वास्थ्य शिबिर, थारु भेषभुषा सहित झाँकी प्रदर्शनी, थारु समुदायको पौराणिक नाच, एतिहासिक सामाग्री प्रदर्शनी तथा चर्चित थारु कलाकारहरुको प्रस्तुति रहनेछन।

कार्यक्रममा सफल बनाउन मोरंग थारु कल्याणकारिणी सभा अहिले देखि गृहकार्यमा लागेको र भब्य सभ्य बनाउन सबै संग सहकार्य गरिरहेको र प्रदेश १ कै नमुनाको रुपमा माघी महोत्सव हुने आयोजक समितिका सदस्य उमेश माझीले बताउनुभयो ।
यस वर्षपनि १५ वटा स्टल बुकिंग भैसकेको छ भने स्टलहरुमा थारु खाना घोघी, बगिया, भक्का, चिछौरी भात, हाँस, परेवा, सुंगुरको मासु, तिल, भुजाको लड्डु लगायत परिकार हुनेछ भने प्रवेश शुल्क नि:शुल्क हुनेछ ।

गत वर्षको भन्दा यस वर्ष फरक र ब्यबस्थित हुने कार्यक्रममा थारु गायक प्रकाश माझी, राजेन्द्र खाँ, कृष्ण खवास, गीता चौधरी, निकिता मण्डल, रेण चौधरी, आरसी चौधरी, अनुमा चौधरी, अभिराम चौधरी, संगीत माझी, मिस थारनी युनिट लागायत मोरंग सुनसरीका कलाकारहरुको प्रस्तुती रहने थारु कल्याणकारिणी सभाका मोरंग जिल्ला सदस्य सम्पलाल चौधरी बताउनुभयो ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्